Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘प्रहरी हुँ’ भन्दै धम्क्याएर पैसा असुल्ने तीनजना समातिए

हाम्रो कोशी आवाज
भाद्र २४ २०७८, बिहिबार
‘प्रहरी हुँ’ भन्दै धम्क्याएर पैसा असुल्ने तीनजना समातिए

उदयपुर: जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली प्रहरी बन्दै पैसा असुल्ने तीनजनालाई त्रियुगा बसपार्कबाट पक्राउ गरेको छ । सिभिल प्रहरीको नाममा पैसा माग्ने तीनजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कमा सिभिल प्रहरी हुँ भन्दै धम्की दिएर पैसा माग्दै हिँडेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्रियुगा नगरपालिका– ३ का २३ वर्षीय दिनेश खत्री, शिवालयटोल बस्ने २३ वर्षीय अविनाश कार्की र डिएम गेट बस्ने २५ वर्षीय विष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार बसपार्क पुलमा आवतजावत गर्ने मानिसहरूलाई आफूहरु सिभिल प्रहरी भएको बताउँदै उनीहरू पैसा र अन्य सामानहरु धम्क्याउँदै मागेका हुन् । पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend