Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल दुर्घटना

हाम्रो कोशी आवाज
भाद्र २५ २०७८, शुक्रबार
सुनसरीमा मोटरसाइकल दुर्घटना

सुनसरीः सुनसरी रामधुनी–६ कान्छीचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेका छन् भने पछाडि सवार सोही स्थानका २१ वर्षीय निरज राईको उपचार भइरहेको छ ।
गत राति १२ बजे उत्तरतर्फ जाँदै गरेको को३६प ९५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवैजना घाइते भई उपचारको लागि धरानमा पठाइएको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा रितिकको शुक्रबार बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाइते निरजलाई थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस्तै, संखुवासभा मकालु गाउँपालिका ३ समटार स्थित निर्माणाधीन खाँदबारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिबी ब्याक होइ लोडर (भ्याकुलोडर) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ६ माथिल्लो पाङ्ठाका २४ वर्षीय श्याम विक रहेका छन् । विकले चलाएको ज१क४१२ नम्बरको सो लोडरमा काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै इप्रका हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend