Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २५ २०७८, शुक्रबार
करेन्ट लागेर खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु

खोटाङ: करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पुर्‍याएपछि पानी खसाल्न ट्यांकीमा चढेर पाइप जोडेर उभिँदा सिधा माथि झुण्डिएको विद्युतको तार छुन पुग्दा चालक परियारलाई करेन्ट लागेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
करेन्ट लागेर गम्भीर बनेका परियारलाई उपचारका लागि स्वास्थ्यचौकी दुर्छिममा पुर्‍याए लगत्तै मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: भाद्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend