विराटनगरः विराटनगर महानगरपालिका ४ कञ्चनबारी स्थितमा प्रहरीले १० केजी लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका ७ का २४ वर्षीय सागर राई रहेका छन् । बिहीबार राति प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।