Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बसेर ठगी र कीर्ते !

हाम्रो कोशी आवाज
भाद्र २५ २०७८, शुक्रबार
धरानमा बसेर ठगी र कीर्ते !

धरानः धरानमा बसेर सरकारी छाप कीर्ते र ठगीको अभियोगमा एकजना पक्राउ परेका छन् । उनलाई सरकारी छापसहित पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले सरकारी छाप दस्तखत, कीर्ते तथा ठगीको अभियोगमा धरान-५ मा बसोबास गर्दै आएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
उनको स्थायी घर महोत्तरी पशुपतिनगर–४ रहेको र हाल धरान–५ तल्लो देउरालीमा बस्दै आएको प्रहरीले जनाएको छ । उनले आफू लोकसेवा आयोगको कर्मचारी भएकोले सरकारी जागिर लगाइदिने भनी सर्वसाधारणलाई लोभ देखाउने गरेको समेत पाइएको उनले जानकारी दिए ।
सरकारी नोकरी लगाउनका लागि भनी लोकसेवा आयोगको परीक्षा प्रवेशपत्र समेत वितरण गर्ने र सो बापत मोटो रकम लिएपश्चात लेनदेन प्रकृतिको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
भदौ २३ गते उनी बस्दै आएको डेराकोठा खानतलासी गर्दा सर्वोच्च अदालत काठमाण्डौं लेखिएको डिजिटल छाप थान–१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौं लेखेको रवरको छाप थान –१ (एक), गोप्य लेखेको रवरको छाप थान–१ (एक), जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान–१ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान –१ (एक), प्रहरी निरीक्षक लेखेको रवरको छाप थान –१ (एक), उपसचिव लेखेको रवरको छाप थान–१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान –१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान –१ (एक), शाखा अधिकृत लेखेको छाप थान –१ (एक) लगायत सो सम्बन्धित विभिन्न कागजातहरु फेला पारेको प्रहरीले जनाएको छ ।
लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको एसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend