Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा खैरो हिरोइनसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
भाद्र ३० २०७८, बुधबार
सुनसरीमा खैरो हिरोइनसहित दुईजना समातिए

सुनसरीः इटहरी–४ बाट दुईजना युवा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापा गौरीगञ्ज–२ बस्ने वर्ष २७ को आइतबारी हस्दा र बिहार राज्य किसनगञ्ज थाना दिलगबैंक ग्राम पञ्चायत १ (भारत) बस्ने वर्ष २२ को सुरज साह रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गको मिलनचोकमा इप्रका इटहरीबाट खटिएका प्रहरी टोलीले सवारी साधन तथा सशंकित पैदलयात्री चेकजाँच गर्ने क्रममा इटहरी चोकतर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो ।
शरीर खानतलासी गर्दा आइतबारीको साथबाट १३ (तेह्र) ग्राम लागूऔषध (खैरोहिरोइन) ब्राउन सुगर फेलापारी निजहरुलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन– २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend