Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

हाम्रो कोशी आवाज
भाद्र ३० २०७८, बुधबार
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार

विराटनगरः अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आचार्यले झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी र संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् । सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई सामाजिक विकास राज्यमन्त्री र मोरङकै लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।
राज्यमन्त्री लीलाबल्लभ अन्तिम समयमा माधव नेपाल पक्ष त्यागेर एमालेमा बसेका थिए । उत्तमकुमार बस्नेत एकीकृत समाजवादीमा जाने तयारी थिए ।
१० भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ११ भदौमा तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, वातावरण तथा पर्यटन र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए । अब मुख्यमन्त्री आचार्यको सरकार ८ सदस्यीय भएको छ ।
प्रदेश १ मा अझै दुईवटा मन्त्रालय मन्त्रीबिहीन छन् । ९२ सांसद रहेको प्रदेश १ सभामा सत्ताधारी दल एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ सांसद छन् ।
बहुमतमा रहेका मुख्यमन्त्री आचार्य एमालेका १० सांसदहरूले दल त्याग गरेपछि अल्पमतमा परेका छन् । निर्वाचन कानुनअनुसार २४ असोजभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिइसक्नुपर्छ ।

प्रकाशित मिति: भाद्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend