Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभा हत्याकाण्डः भाइ नियन्त्रणमा

हाम्रो कोशी आवाज
भाद्र ३१ २०७८, बिहिबार
संखुवासभा हत्याकाण्डः  भाइ नियन्त्रणमा

संखुवासभाः संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
संखुवासभाको मादी–१ उम्लिङमा ६ जनाको सामूहिक हत्याको अभियोगमा यसअघि लोकबहादुर कार्की पक्राउ परेका थिए । अहिले उनका भाइलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नयाँ तथ्य खुलेपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । ‘नयाँ तथ्य आएकोले अहिले उनका भाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं’, उनले भने, ‘पछि केही कुरा खुल्ला ।’
उनले प्रहरी अहिले घटनास्थलमै रहेकोले आफन्तलगायत अन्यलाई सोधपुछ गर्नु स्वभाविक भएको बताए । ‘अहिले पनि प्रहरी घटनास्थलमै छ’, उनले भने, ‘घटनास्थलममा भएपछि केही नयाँ कुरा आएपछि सोधपुछलगायतका काम भइरहेकै छन् ।’
प्रहरीका अनुसार हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकबहादुरका भाइ नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको प्रहरी स्रोत बताउँछ । उनी पनि लोकबहादुरले हत्या गर्दैगर्दा पछि पछि रहेको प्रहरी स्रोत बताउँछ । नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको खुलेको प्रहरी स्रोत बताउँछ ।
उनीमाथि इलाका प्रहरी कार्यालय, चैनपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एकजनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
घटना बिहानकै समयमा भएपनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए । एकजनाले मात्रै कसरी घटना घटाउन सक्लान् ? यो प्रश्न अहिले उब्जिएको थियो । घटनामा कुनै धारिलो तयार प्रयोग नहुनु, मृतकको टाउकोमा सामान्य चोट देखिनु, ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिनु आदि कारणले एक्लैले यत्रो घटना घटाएको हो भन्नेमा आशङ्का समेत थियो । एक्लैले छोटो समयमा यस्तो घटना गर्न नसक्ने प्रहरी अनुसन्धान पनि भन्छ । अन्य व्यक्तिको पनि यस घटनामा संलग्नता हुने भन्दै प्रहरीले अनुसन्धानको दायरा बढाएको जनाइएको थियो ।

प्रकाशित मिति: भाद्र ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend