सुनसरीः सुनसरीको दुहबी नगरपालिका ९ छाताबेलीस्थित जयबाबा इट्टाभट्टा उद्योगभित्र टिपरको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ वर्षीया बविता खातुन रहेकी छिन् । को१ख ५४५१ नम्बरको टिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
टिफर र चालक धनकुटा सहिदभूमी गाउँपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।