Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिजुलीको पोलमा कार ठोक्किँदा महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ३१ २०७८, बिहिबार
बिजुलीको पोलमा कार ठोक्किँदा महिलाको मृत्यु

विराटनगरः मोरङमा कार दुर्घटनामा परी महिलाको मृत्यु भएको छ ।
मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बिहीबार बिहान ११ः३० बजे दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी छिमेकी गीता लिम्बू र सानी धिमाललाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको कारमा पूर्ण रूपमा क्षति पुगेको छ ।
मोरङको बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको चार जना सवार रहेको बा११च १५७१ नम्बरको कार कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ मा आफै अनियत्रित भएर दुर्घटनामा परेको थियो । कार बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता र ५५ वर्षीया सानी घाइते सामान्य भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: भाद्र ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend