इनरुवाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह कोशी गाउँपालिकाको संयोजनमा कोशी १ लौकहीको राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीयसँग वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तरका लागि बन्दको मारमा परेका विद्यार्थीका लागि कोचिङको व्यवस्था, नियमित पठनपाठन र गृहकार्यसहित दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै राष्टिय मावि लौकहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई पालिकाले प्राथमिकतामा नराखेको बताए । संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको यी विषयहरूलाई पालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा ध्यान नदिएको उनले बताए ।
आधारभूत विद्यालय तहमा दिवा खाजा, आधारभूतदेखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दूध र अण्डामा नगरपालिका आत्मनिर्भर भएको पाण्डेले बताए ।
मौलिक हकहरू उपभोग गर्न पाउनु नागरिकको नैसर्गिक र संविधान प्रदत्त अधिकार भएको भन्दै यादवले पालिकाले पनि नागरिकका यी मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू बनाउनुपर्ने बताए । इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा पटकपटक पालिकाको ध्यानाकर्षण गराएको हुँदा वार्षिक नीति तथा कार्यक्रम र योजनामा ती विषयहरू सम्बोधन गरिएको वडाध्यक्ष राजकुमार साहले बताए ।
कार्यक्रममा कोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोमराज ढकाल, राष्टिय माविका शिक्षक विरेन्द्र यादव, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य योगेन्द्र यादव, शिवनारायण पुरी, शम्भु पौद्धार, लक्षमी देवी उराँव , शिक्षाका सरोकारबाला विहारी यादव, राधवेन्द्र यादव, रामनारायण यादव, नमोनारायण पाठक, शिक्षक कैलाश झा विश्व पुरी, छोटेलाल यादव, सुदाम मण्डल,लक्ष्मी उराँव, सन्झो उराँव सहितको सहभागिता रहेको थियो ।
मानव अधिकार समूहका संदस्य पवन रौनियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लौकेन्द्र यादव, देवनारायण यादव, मन्जु सापकोटा, रीता यादव, चान्दनी साह, बालेश्वर यादव, मनोज मण्डल, सोभितनारायण यादव, महाविर मण्डल, कुलदीपप्रसाद गुप्ता, बलदेव यादव, पुलतिक शर्मा, प्रमेश्वरी देवी मण्डल, हरिकिशुन यादव सहित विभिन्न सघंसंस्था प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेका जिल्ला प्रतिनिधि जयकृष्ण यादवले गरेका थिए ।