विराटनगरः प्रदेश नं. १ नम्बरको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ ।
झापा मेचीनगर नगरपालिका १२ कालीझोडास्थित पूर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मे१त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मेचीनगर १३ का ३० वर्षीय युवराज लिम्बूको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुरयाउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ वर्षीय दिलकुमार कार्की सोही अस्पतालमानै उपचार भइरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचीनगर २ का २६ वर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसैगरी हिजो झापाकै बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौकस्थित मेची राजमार्गमा मे१०प ६०७ नम्बरको स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ वर्षीय पर्शुराम लिम्बूको बिएण्डसी स्पताल बिर्तामोड पुरयाउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडि सवार मेचीनगर नगरपालिका १३ की ३० वर्षीया मनिषा लिम्बू समेत घाइते भई सोही अस्पतालमै उपचार भइरहेको छ । पिकअप र चालक इलाम सूर्योदय नगरपालिका १० का २७ वर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मोरङको विराटगर महानगरपालिका १२ कोशी प्रोजेक्टस्थित भित्रीसडक खण्डमा को२१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ वर्षीय रञ्जीतकुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार १ बजे मृत्यु भएको छ ।
यस्तै, भोजपुर आमचौक गाउँपालिका १ खाम्ताङकी १४ वर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आमचौक १ र २ को सीमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानीयबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अवस्थामा परियारको लाश फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यस्तै, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १० सोलुङपाखाका ५८ वर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । गिरी आफ्नै घरको भुईतलाको कोठाभित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।