Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको क्रेनको चक्कामा पर्दा सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
गुडिरहेको क्रेनको चक्कामा पर्दा सहचालकको मृत्यु

बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका–३ मिलनचोककाृ घोर्लेनी टोलमा गुडिरहेको क्रेनबाट खसेर एकजनाको मृत्यु भएको छ ।
आइतबारसाँझ साढे ६ बजे कच्ची सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना१क ५४०० नं. को क्रेनबाट खस्दा सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरी बोदेवर्साइन–५ बस्ने वर्ष २५ को जोगेन्द्रकुमार साह रहेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
क्रेन गुडिरहेको अवस्थामै उनी अचानक लड्न पुगेका थिए । क्रेनको पछाडिपट्टिको चक्कामा पर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन र क्रेन चालक रौतहटको रङ्गापुर–२ का २५ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend