Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाटोमा चिप्लिएर लड्दा दुई जनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
बाटोमा चिप्लिएर लड्दा दुई जनाको मृत्यु

विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुईजनाको मृत्यु भएको छ ।
आइतबार मिक्लाजुङमा राति बाटो हिँड्ने क्रममा चिप्लिएर लडेर मिक्लाजुङ गाउँपालिका–१ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घरतर्फ फर्कदै गरेकी उनी बाटोमा चिप्लिएर लडेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पोष्टमार्टमका लागि अस्पताल पठाएको अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।
यस्तै, बाटोमा हिँड्दै गरेको अवस्थामा लडेर रंगेलीमा े एक जना वृद्धको मृत्यु भएको छ । बाटोमा लडेका रंगेली नगरपालिका–२ का ६५ वर्षीय गुलावचन ऋषिदेवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङ्कै सुन्दरहरैंचा–८ मा एक युवती मृत भेटिएकी छिन् । स्थानीय २४ वर्षीया रोजिना गिरी आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend