संखुवासभाः संखुवासभा हत्याकाण्डमा संलग्न थप चारजनालाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको र उनीहरुलाई सार्वजनिक गर्ने तयारी थालिएको संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी दाहालले जानकारी दिए । पक्राउ पर्नेहरुमा लोकबहादुरका भाइसहित थप ४ जना रहेको प्रहरीले जनाएको छ । उनले आजै उनीहरुलाई सार्वजनिक गरिने जानकारी दिए ।
नरेशबाहेक थप ३ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एसपी दाहालले जानकारी दिए । विभिन्न बयान र अन्य तथ्यको आधारमा थप चार जनाको संलग्नता पुष्टि भएको आधारमा सार्वजनिक गर्न लागिएको अनुसन्धानमा खटिएका एसपी भीम दाहालले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका चारजनामध्ये दुईजना हत्या गर्ने कार्यमै संलग्न, एकजना शव व्यवस्थापन र एकजना घटना लुकाउने कार्यमा प्रत्यक्ष संलग्न भएको अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र १८ वर्षीय नरेश कार्की छन्। चार जनामध्ये लोकबहादुरका भाइ नरेश र बुवा खड्गबहादुर हुन्।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।
नरेशको साथबाट मोवाइल बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।