बायाँबाट क्रमशः मुख्य योजनाकार खड्गबहादुर, हस्तबहादुर, रणबहादुर र नरेश ।
धरानः प्रहरीका अनुसार तेजबहादुर कार्की त्यहाँको सम्पन्न व्यक्ति थिए । घटनाको मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्कीले योजनाबद्ध हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालका अनुसार घटनाका मुख्य योजनाकार कार्की र अन्य चारजना मिलेर हत्याको योजना बुनेको पाइएको जानकारी दिए ।
अभियुक्तहरूमध्ये खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गरेका थिए । तेजबहादुरले ‘तँ जड्याहा किन यसो गर्छस्’ भनी गालि गर्ने र खड्गबहादुरले पनि ‘तलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको उनले जानकारी दिए ।
लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस’ भन्ने नरेशलाई ‘तँ डुडे काम नलाग्ने भइस’ भन्ने र रणबहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको र मनमा इख पालेको कारण हत्या भएको प्रहरीले जनाएको छ । इख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानुपर्ने कारण सोही मौका छोपी योजना बनाइ हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।
हत्याकाण्डको योजना घटनाको अघिल्लो दिन लोकबहादुर कार्कीको घरमा बसेर बनाइएको र घटनाको दिन योजनाबद्धरुपमा तेजबहादुरलाई लोकबहादुरको घरमा पठाएको दावी गरिएको छ । लोकबहादुर ढिलासम्म सुत्ने गरेकाले बोलाउन जानुपर्यो भन्दै मुख्य योजनाकार खड्गबहादुर आफैले तेजबहादुरलाई घरमा पठाएको दावी गरिएको छ । लोकबहादुरको घरमा पुगेर बोलाएलगत्तै तेजबहादुर फर्कँदै गर्दा सुरुमा लोक बहादुरले तेजबहादुरमाथि आक्रमण गरेको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोकबहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोकबहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए । पछिप्रहरीले अनुसन्धान गर्दै जाँदा र केरकार अगाडि बढाएपछि लोकबहादुर पक्राउ परेपछि मात्रै हत्याको योजना र प्लानबारे प्रहरीसमक्ष खोलेका थिए ।

प्रहरीको अनुसन्धान यसो भन्छ
१) घटना योजनावद्धढंगवाट ५ जनाको समुहले घटाएको जुन योजना अभियुक्त लोक वहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ वजे मुख्य योजनाकार खड्ग वहादुर कार्की सहित हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश कार्की समेत वसि वनाएको । योजना अनुसार घटनाको दिन २१ गते विहान मृतक तेज कुमार कार्की खेताला वोलाउन लोक वहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपि तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।
२) घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग वहादुर कार्की, हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको ।
३) योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निस्चित गर्न खड्ग वहादुर कार्की विहान ५ वजे तेज कुमार कार्कीको घरमा गई ‘लोक वहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक वहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग वहादुर र हस्त वहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा वसेको ।
४) मृतक तेज कुमार कार्की विहान ५ वजे उठी लोक वहादुरको घरमा खेताला निस्चित गई सुति रहेको लोक वहादुर लाई “अल्छि अझै सम्म उठेको छैन’ भन्दै कराए पछि लोक वहादुर उठेको, लोक वहादुरको भाई नरेश कार्की र वावु रण वहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोक वहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग वहादुर र हस्त वहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त वहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

५) घटनाको वेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार सुने पछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज वहादुरको श्रीमति र वुहारी आएकोमा लोक वहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त वहादुरले छुरा प्रहार गरेको र वुहारी रंजना नरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक वहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण वहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्याउन सहयोग गरेको ।
६) उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त वहादुर र लोक वहादुरले वाटो छेकी मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काई घाटी वटारी हत्या गरेको ।
७) तत् पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त वहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक वहादुरले टाउको भित्तामा ठोक्काई घाटी वटारी हत्या गरेको र सवै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक वहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग वहादुर र निजको छोरा हस्त वहादुर घर तर्फ गएको । फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।
८) पुनः खड्ग वहादुर र निजको छोरा हस्त वहादुर लोक वहादुरको घरमा गई सवै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।
९) घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रेहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भइरहेको ।
