सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।
सोमबार अपराहन् ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्षनजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्युु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए । मकुनाको आक्रमणबाट अहिलेसम्म धेरैजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । गएको तीन वर्षमा झन्डै डेढ दर्जन बढीको ज्यान लिएको छ ।