Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवतीलाई प्रलोभन देखाएर विवाह

हाम्रो कोशी आवाज
असोज ५ २०७८, मंगलबार
युवतीलाई प्रलोभन देखाएर विवाह

उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन् । उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेका थिए ।
दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ । आरोपित कार्की ढोलीलाई भने सोमबार अभद्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज ५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend