Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको बरगाछीमा टयाक्टरको ठक्कर

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
इटहरीको बरगाछीमा टयाक्टरको ठक्कर

सुनसरीः इटहरी-२ बस्ने ४० वर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।
बुधबार बिहान सवा १० बजे इटहरी-बरगाछीस्थित राजमार्गमा को२त ५३१७ नम्बरको ट्याक्टरले को३०प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक निरा गम्भीर घाइते भएकी थिइन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी-७ का ३० वर्षीय कार्तिक ऋषिदेब नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend