Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१७ जुवाडे समातिए

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
१७ जुवाडे समातिए

दमकः झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ बर्षीय मोहन बराल र वर्ष ३२ कै सुनिल साह रहेका छन् ।
यसैगरी गौरादह–५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका–४ का ४७ वर्षीय सुविन्द्र सुब्बा, दमक–७ का ४९ वर्षीय कर्ण राई, सोही स्थानका ४० वर्षीय राजन दाहाल र ३४ वर्षीय विनोद थेबे रहेका छन् ।
यस्तै, बेलबारी–११ का २१ वर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे–१ का ४३ वर्षीय गंगाराम मगर, मोरङ ग्रामथान–४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान–५ का ४२ वर्षीय नैनकुमार चौधरी र ग्रामथान–६ का ४४ वर्षीय रुपेश तामाङ रहेका छन् ।
दमक–१ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा मंगलबार राति साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend