विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका ६ सैतानपुरका २६ वर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ ।
त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।