विराटनगरः विराटनगर–१६ दरैया स्थितबाट एकजनलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इटहरी १३ का २३ वर्षीय सुशिल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाइजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।