सुनसरीः सुनसरी दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । विराटनगर जाँदै गरेको मे१ख २७४८ नम्बरको बसले बाटो क्रस गर्न लागेको को३४प ९०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक माझीको न्यूरो अस्पताल विराटनगर पुरयाउनासाथ मृत्यु भएको हो ।
बस र बस चालक सिन्धुपाल्चोक इन्द्रावती ४ का ३० वर्षीय अशोक थापा मगर इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।