विराटनगरः विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान–१३ का ३२ वर्षीय मुनु राणा राई रहेका छन् । बिहीबार दिउँसो १ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाइजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।