Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा मेयरविरुद्धको आन्दोलन चर्कियो

हाम्रो कोशी आवाज
असोज ७ २०७८, बिहिबार
इटहरीमा मेयरविरुद्धको आन्दोलन चर्कियो

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर मेयर चौधरीविरुद्ध चर्को विरोध गरे । शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
विरोधसभामा बोल्दै महिला अधिकारकर्मी योशा गुरागाईंले भोलि ९शुक्रबार० ११ बजेदेखि इटहरीका मुख्य चोकमा मेयर चौधरीको फोटोसहितको ब्यानर टाँगिने बताइन् । गुरागाईंले भनिन्, ‘उहाँलाई पपुलर हुनु छ, चर्चामा आउनु छ, अब हामी इटहरी चोक, संगीत चोक, बीपी चोकलगायत स्थानमा फोटोसहित ब्यानर राख्छौँ ।’
आमाको कोखबाट जन्मिएर आमालाई अपमान हुने शब्द बोल्दा पनि सहेर बस्ने रुु भन्दै आन्दोलनलाई थप सशक्त बनाउने उनले बताइन् ।
गत बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा मेयर चौधरीले महिलाहरूकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाएर दुर्व्यवहार गरी धम्क्याएको भन्दै दर्जनभन्दा बढी महिला अधिकारवादी संस्थाहरूले विरोध जनाएका थिए ।
स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका छन् ।

प्रकाशित मिति: असोज ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend