Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
दुर्घटनामा दुईजनाको मृत्यु

धरानः मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाटका ५१ वर्षीय देवेन्द्र पन्त रहेका छन् । विराटनगर आउदै गरेको को१ख ७५४८ नम्बरको बसले सोही दिशा जाँदै गरेको साइकल पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो ।
बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिवबहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
यस्तै, इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकिराखेको पिकअप गाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय खीरबहादुर तामाङ रहेका छन् ।
बिहीबार बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे१च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडि सर्न गई किचेर घटनास्थलमै मृत्यु भएको थियो । पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरी का ३० वर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend