Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा छुरा प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
इटहरीमा छुरा प्रहार गरी हत्या

धरानः इटहरीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ ।
शुक्रबार ४ः३० बजेतिर सामान्य घरायसी विवादमा छुरा प्रहार हुँदा स्थानीय २२ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते बनेका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी अर्जुन केसीले सामान्य विषयमा झगडा हुँदा इटहरी–३ का ५८ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको पाइएको जानकारी दिए । ‘सामान्य विषयमा झगडा भएको पाइयो, त्यसपछि अधिकारीले छुरा हानेका थिए, उनी पनि घाइते छन्’, उनले भने, ‘थापालाई धरानस्थित बीपी प्रतिष्ठानमा उपचार गराउन लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पाइयो ।’
छुरा प्रहार गर्ने अधिकारी र मृत्यु हुने थापा छिमेकी रहेको प्रहरीले जनाएको छ । थापाको मृत्यु पश्चात् आक्रोशित स्थानीय र आफन्तले अधिकारीको घरमा आगजनी समेत गरेको प्रहरीले जनाएको छ । डिएसपी केसीले छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend