Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक तथा वित्तीय क्षेत्रको जिल्ला समिति पुनर्गठन

हाम्रो कोशी आवाज
असोज ९ २०७८, शनिबार
बैंक तथा वित्तीय क्षेत्रको जिल्ला समिति पुनर्गठन

विराटनगरः नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ ।
सो संगठनको बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । समितिको जिल्ला संयोजकमा शिव श्रेष्ठ, सह–संयोजकमा डम्बर थापा, सदस्यहरुमा मोनबहादुर मगर, अशोक राजवंशी, कमला पौडेल, मानव लुइँटेल, रञ्जना गिरी, प्रेमकुमार साहलगायत रहेका छन् । सुशील देव सल्लाहकारमा चयन भएका छन् ।
पेशागत हकहित रक्षामा संगठन क्रियाशील रहने नवगठित कार्य समितिले जनाएको छ । छिट्टै जिल्ला सम्मेलन गरिने समितिका संयोजक शिव श्रेष्ठले बताए । भेलामा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती (सुशील), विराटनगर महानगर अध्यक्ष भोगेन्द्र यादवको उपस्थिति थियो ।
यस्तै भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रदेश अध्यक्ष रुद्र सुवेदी र नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवालय सदस्य रेवती ढुङ्गानासमेतले सो क्षेत्रका आम कर्मचारीको पेशागत हकहितको लागि आवाज बुलन्द गर्दै अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: असोज ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend