ताप्लेजुङः घरबाट हिँडेकी एक १८ वर्षीया युवती मृत भेटिएकी छिन् ।
भानुजन माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत एक युवती मृत भेटिएकी हुन् । फुङलिङ नगरपालिका–७ मा १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी बाल नरसिंह राणाले जानकारी दिए ।
बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् । उनको शव स्थानीयले भीरमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ । अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा शव राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।