विराटनगरः विराटनगर–१४ जतुवा कि २५ वर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।
शनिबार दिउँसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाइछिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात् आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।