Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान कांग्रेसमा श्याम पोख्रेलको सहज जीत

हाम्रो कोशी आवाज
असोज ९ २०७८, शनिबार
धरान कांग्रेसमा श्याम पोख्रेलको सहज जीत

धरानः कांग्रेसको १४ औं महाधिवेशनबाट धरान नगर सभापतिमा श्यामप्रसाद पोख्रेलको प्यानल नै विजयी बनेको छ ।
शनिबार राति धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा भएको निर्वाचनपछिको मतगणनामा उनले २ सय ६२ मत ल्याउँदै विजयी भएका हुन् । उनीसँगै सभापतिमा लडेका किशोर राईले २ सय २३ मत ल्याएका छन् । उनले राईलाई ३९ मतले जितेका हुन् । उनको यो सहज जीत हो ।
यस्तै, उपसभापतिमा उनकै प्यानलका नरेन्द्रकुमार राई (प्रविण) २९० मत ल्याए भने सन्तोष लिम्बूले २३३ मत ल्याई विजयी बने । यस्तै, सचिवमा जितेन्द्र राईले २५९ मत र हिमाल श्रेष्ठले २९६ मत ल्याउँदै विजयी बने । यस्तै, सहसचिवमा युनेश राना मगरले ३०२ मत ल्याउँदै विजयी बनेका छन् । उनको यो सबैभन्दा बढी मत हो । यस्तै, शिला बज्राचार्यले २७१ मत ल्याएर विजयी बनिन् ।
यस्तै, किशोर राई प्यानलका उपसभापति पदका उम्मेदवार राजकुमार थोप्राले २१८, रुकमिणा गौतम (कोपिला) ले १९५ मत ल्याइन् । त्यस्तै, सचिवमा उठेका सुमन श्रेष्ठले १७१, सहसचिवमा उम्मेदवार बनेकी कमला कार्की विकले १७४, गोपाल कार्कीले १८१ मत ल्याएका थिए । ४९६ जनाले मत हालेकोमा सभापतिमा ५ मत बदर हुन पुगेको थियो । यसअघि पनि संस्थापन पक्ष अर्थात् रामचन्द्र पौडेलको समूहले धरानमा जीत हासिल गरेपछि मेयर बनेका तिलक राई सभापति थिए ।
रातिसम्म पनि कांग्रेसका कार्यकर्ताहरु मत परिणाम सुन्न बसेका थिए । पोख्रेल विजयी बनेपछि शुरुमा मेयर तिलक राईले बधाई दिएका थिए । त्यसपछि अन्य नेता, कार्यकर्ताहरुले बधाई दिएका थिए ।
को हुन् श्याम ?
श्याम २०६० सालमा महेन्द्र क्याम्पसमा सभापतिको उम्मेद्वार बनेका थिए । उनी यसअघि नेविसंघको जिल्लाको उपसभापति पनि बनेका थिए । जनआन्दोलनअगाडि ७२ दिन इनरुवा र ८ दिन धरानमा जेल पनि परेका थिए । यस्तै, २०६२ सालमा ७२ घण्टा आमरण अनसनमा पनि बसेको उनले जानकारी दिए । उनी नगर सदस्य हुँदै १३ औं महाधिवेशनमा नगर सचिव बनेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend