Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने मजदुरको ढिस्कोमा परेर मृत्यु, दुईजना घाइते

हाम्रो कोशी आवाज
असोज ११ २०७८, सोमबार
निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने मजदुरको ढिस्कोमा परेर मृत्यु, दुईजना घाइते

सोलुखुम्बुः सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरुको माथिबाट ढिस्को झरी एक जना मृत्यु र दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा खोटाङका २८ वर्षीय रामकृष्ण राई र घाइते हुनेहरुमा दोलखा जिरी २ का २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ वर्षीय प्रविन्द्र राई रहेका छन् ।
सोमबार बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा रामकृष्णको ढिस्को झरी अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाण्डौ लगिएको छ ।
घटनास्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असोज ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend