Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

हाम्रो कोशी आवाज
असोज १२ २०७८, मंगलबार
लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

इलाम: चुलाचुली गाउँपालिका-१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ ।
वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषारूपमा राखिने उनले बताए ।
लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।
z घोषणा कार्यक्रममा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहाल, माङसेबुङ इलाम वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, चुलाचुली शिक्षा प्रमुख राममिश्र, वडा नं २ का अध्यक्ष रणबहादुर लिम्बू, श्रीजङ्घा लिपिका भाषाविद् तथा साहित्यकार ज्ञानोदय लावतीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: असोज १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend