Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको ठक्करले सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १३ २०७८, बुधबार
ट्रकको ठक्करले सहचालकको मृत्यु

इलामः इलामको इलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षीय राजेश नेपाल रहेका छन् । मंगलबा राति पौने १० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना५ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागि रोकिराखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असोज १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend