Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुई युवासहित पाँचजना लागूऔषध र औषधिसहित समातिए

हाम्रो कोशी आवाज
असोज १३ २०७८, बुधबार
धरानका दुई युवासहित पाँचजना लागूऔषध र औषधिसहित समातिए

विराटनगरः मोरङको विराटनगर महानगरपालिका १५ को २ नम्बर ढाटस्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान–६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलीग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यस्तै, मोरङको दुईछुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधिसहित दुईजना पक्राउ गरिएको छ ।
विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका ३ का २३ वर्षीय अल्फन लिम्बूलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाइजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौकस्थितमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१८प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडि सवार रतुवामाई नगरपालिका ९ इटहराका २१ वर्षीय गोविन्द थापाको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो । सो प्रतिबन्धित औषधी बरामद भए पश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असोज १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend