Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहमा बिजुलीबाट चल्ने स्कुटी

हाम्रो कोशी आवाज
असोज १३ २०७८, बुधबार
बराहमा बिजुलीबाट चल्ने स्कुटी

धरानः धरानमा पहिलोपल्ट भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । धरानस्थित बराह ग्रुपले यो स्कुटर भित्रयाएको हो । धरान–८ भोटेपुलमा रहेको भवनमा यो स्कुटर लञ्न भएको हो ।
‘पियोर इभी’ नामको कम्पनीको इलेक्ट्रिक स्कुटर धरानमा लञ्च भएको छ । यिनीहरुको मूल्य १ लाख ९९ हजारदेखि २ लाख ५५ हजारसम्म पर्ने जनाइएको छ । पियोर इभी ब्राण्डका इप्लुटो ७ जी, इप्लुटो ७ जी, इन्ट्रान्स प्लस र इट्रान्स नियो ब्राण्डको इलेक्ट्रिक स्कुटर ल्याइएको बराहकी सेल्स एक्जुकेटिभ मिना पौडेलले जानकारी दिइन् ।
इप्लुटो ७ जी को मूल्य २ लाख ४९ हजार र इट्रान्स नियोको मूल्य २ लाख २९ हजार र इन्ट्रान्स प्लसको १ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
यी इलेक्ट्रिक स्कुटरमा २२ सय वाटको मोटर र सजिलै एक ठाउँबाट अर्को ठाउँमा लगेर रिचार्ज गर्न सकिने ६० भोल्ड ४० ए एच लिथियम आयन ब्याट्री छ । जुन ४ घण्टामा रिचार्ज हुने बताइएको छ । यो एक पटक चार्ज गरेपछि ६० किलोमिटर प्रतिघण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुड्ने जनाइएको छ ।
इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट पाउने उनले बताइन् । अहिलेका लागि पियोर इभीको ब्राण्डको स्कुटर खरिद गर्दा नगद २५ हजारका साथै एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने उनको भनाइ छ ।
कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको उनले जानकारी दिइन् । यसमा एलसिडी स्क्रिन, अलोए ह्वील, एन्टी थिफ प्रोभिजन विथ स्मार्टलक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन् ।
‘धरान वातावरणको हिसाबले राम्रै ठाउँ हो, अझै वातावरणमैत्री बनाउन यो स्कुटरले सहायता गर्ने हाम्रो विश्वास छ’, शाखा प्रमुख मानबहादुर विश्वकर्मा दियालीले भने ।
पियोर इभी भारतमा बन्ने भएकोले नेपालको बाटो सुहाउँदो हुने उनको दावी छ । यो स्कुटर भारतमा एसेम्बल मात्र नभई सबै पार्टस भारतमै बन्छ । यो ब्राण्ड एआरएआई सर्टिफाइड भएकोले गुणस्तरमा कुनै सम्झौता नभएको जनाइएको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend