विराटनगरः चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।
१ नं प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालत बुझाएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका धरान–१५ का ३८ वर्षीय गणेश गौतम र सोही स्थानका ४० वर्षीय गंगा तामाङलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा गत ११ गते पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।
यसैगरी चोरी क्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा १० हजार जरिवाना भई लगत नं. ५३९ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका मोरङ विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौकका २४ वर्षीय आकाश साहलाई गत ११ पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।