Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हात्तीको सुँडले च्यापेर जंगलतिर लगिएकी महिलाको शव पैनीमा भेटियो

हाम्रो कोशी आवाज
असोज १४ २०७८, बिहिबार
हात्तीको सुँडले च्यापेर जंगलतिर लगिएकी महिलाको शव पैनीमा भेटियो

बिर्तामोडः जंगली हात्तीले सुँडले च्यापेर जंगलभित्र लगिएकी महिला मृत भेटिएकी छिन् । उनको शव पैनीमा फेला परेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणपछि सुँडले च्यापेर जंगलभित्र लगेको र बेपत्ता बनेकी झापा बिर्तामोड–८ की लतुमाई मर्डीको शव फेला परेको हो । बिहीबार बिहान ११ बजेर ५० मिनेटमा जंगली हात्तीले आक्रमण गरेको र बिहानदेखि बेपत्ता उनको स्थानीयको सहयोगमा अपराह्न ४ बजेतिर शव भेटिएको हो ।
निगुरो खोजेर बिक्री गर्दै दैनिकी चलाउने लतुमाई र उनका श्रीमान शुकलाल मर्डी बिहान भद्रपुर १० मा पर्ने चारआली जंगलमा निगुरो खोज्न गएका थिए । उनको शब भद्रपुर–१० स्थित सेतीखोला पैनीमा खोजीका लागि खटिएको सुरक्षा निकायको टोलीले फेला पारेको थियो । शुकलालले भने भागेर ज्यान जोगाएका थिए ।
श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन् । यसअघि जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला र अहिले उनको शव समेत भेटिएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति: असोज १४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend