Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महिलालाई बलात्कार गरेको आरोपमा युवा प्रहरी फन्दामा

हाम्रो कोशी आवाज
असोज १५ २०७८, शुक्रबार
महिलालाई बलात्कार गरेको आरोपमा युवा प्रहरी फन्दामा

उदयपुरः बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ घर भएका ३० वर्षीय मुकेश विक छन् । असोज १४ मा मुकेशले द्वारखोला जंगलमा ५९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमले बताए । आरोपीमाथि इलाका प्रहरी कार्यालय बेल्टारले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: असोज १५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend