Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ज्येष्ठ नागरिकले प्रतिभा प्रदर्शन गरेपछि छाता वितरण

हाम्रो कोशी आवाज
असोज १५ २०७८, शुक्रबार
धरानमा ज्येष्ठ नागरिकले प्रतिभा प्रदर्शन गरेपछि छाता वितरण

धरानः शुक्रबार अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । धरानमा पनि ३१ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए । उनीहरुले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला लगाएर छाता वितरण गरेका थिए ।
मेयर राईले अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना दिँदै ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिकरूपमा पनि बोझ नभई वरदान सावित हुने बताए । ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्ने मेयर राईको भनाई थियो ।
सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले धरानका २० वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरिएको जानकारी दिए । ज्येष्ठ नागरिकहरुको सम्मानका निम्ति उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको उनँले बताए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
धरान वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ज्येष्ठ नागरिक मिलन केन्द्र धरानका सभापति सरला कायस्थ, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपसभापति कुमारबहादुर कार्की लगायतले बोलेका थिए । धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा सो कार्यक्रम भएको हो ।

प्रकाशित मिति: असोज १५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend