Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्यानको ठक्करले बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
भ्यानको ठक्करले बालिकाको मृत्यु

बिर्तामोड: पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रबार साँझ दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमा उभिरहेका सोही ठाउँका ४० वर्षीया मीना पौडेल र उनकी १५ वर्षीया छोरी आइसा पौडेललाई ठक्कर दिएको थियो। आमा-छोरीलाई ठक्कर दिएर पिकअप पल्टिँदा पिकअपमा सवार कनकाई नगरपालिका-९ का ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा आइसाको मृत्यु भएको हो। मीनाको दाहिने खुट्टा, अनुहार र नाकमा चोट लागेको छ। बोहराको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा परी पिकअप चालक कनकाई–८ स्थित घैलाडुब्बाका ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचारपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend