Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धि कार्यक्रम

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
धरानमा खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धि कार्यक्रम

धरानः सुनसरी उद्योग वाणिज्य संघमा आयोजित खाद्य उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी २०७८ असोज १५ गते सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बजार अनुगमनका क्रममा व्यवसायीलाई कारवाहीभन्दा पहिले सचेत गराउनुपर्दछ भन्दै यस प्रकारको सचेतना गोष्ठी आयोजना भएकोमा खुशी व्यक्त गरे । मेयर राईले धरानमा पाउने खानेकुरा गुणस्तरीय छ भन्ने सन्देश पनि दिनुपर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरे र धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा श्रोत व्यक्ति रहेको सो कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा तालिम तथा गोष्ठी संयोजक विष्णु बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा खाद्य व्यवसायी, डेरी व्यवसायी, होटल व्यवसायी, बेकरी उद्योगका व्यवसायी, डिपार्टमेन्ट स्टोरका प्रतिनिधि गरी करिब ४० जनाको उपस्थिति रहेको थियो ।
खाद्य स्वच्छता के हो ? गुणस्तर के हो ? लेबलिङ, प्याकेजिङ के हो ? दण्ड जरिवानाबाट बच्न के के गर्नुपर्छ ? जस्ता विषयहरुलाई समावेश गरिएको सो कार्यक्रममा उपभोक्ता हित तथा संरक्षण मञ्चका अध्यक्ष कृष्ण ताम्राकारको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालक संघका महासचिव राजेश अग्रवालले गरेका थिए ।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend