धरानः १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र वैदेशिक रोजगार ठगी कसुर मुद्दामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिवादीहरुलाई आइतबार पक्राउ गरी अदालतमा पेश कारागार चलान गरेको छ ।
पक्राउ पर्नेमा धरान-९ घर भई हाल धरान-७ बस्ने वर्ष ३४ को रविन बोगटी रहेका छन् । उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा पक्राउ गरेको हो । बोगटीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको तथा सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । सुनसरी जिल्ला अदालतको २०७२ चैत १ गतेको फैसला आदेशले उनलाई क्रमशः ३ वर्ष कैद तथा तीन लाख जरिवाना तोकेको थियो ।
यस्तै, विराटनगर-८ का ३४ वर्षीय अजय रायलाई पनि पक्राउ गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ । चोरी मुद्दामा उनी पक्राउ परेका हुन् ।
मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले दुई हजार जरिवाना भई चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ महिना २ दिन कैद तथा ६ हजार जरिवाना भई कैद जरिवाना तोकेको थियो ।