Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बलात्कार गरी सुन लुट्ने समातिए

हाम्रो कोशी आवाज
असोज १७ २०७८, आइतबार
बलात्कार गरी सुन लुट्ने समातिए

धरानः सुनसरीको इटहरी-८ भुर्की भन्ने स्थानमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले बलात्कार गरेको खुलेको छ ।
ती पुरुषले महिलामाथि कुटपिट गरी नजिकै रहेको बाटो छेऊको धान खेतमा लगेर जवरजस्ती करणी गरी लगाएको सुनको सिक्री (२ तोला चार आनाको) समेत लुटेको जिल्ला प्रहरी कार्यालय एसपी सञ्जयसिंह थापाले जानकारी दिए । गत १५ गते ती महिलामाथि बलात्कार भएको हो । बलात्कारपछि भागेका ती पुरुषमध्ये ४ जनालाई सोहीदिन नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, गोमन भन्ने सुनिल चौधरीलाई शनिबार बिहान इटहरी-१४ (घरबाटै) बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्का एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ६ जनामध्ये पाँचजनाचाहिँ १८ वर्षभन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ ।
ती महिलाको साथमा रहेको नगद तीनहजार समेत लुटी लगेको भन्ने पीडितको उजुरीका आधारमा अनुसन्धान तथा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नजहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘जबर्जस्ती करणी सम्बन्धी कसुर’ मा दिन ५ म्याद थप लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend