Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट पटकासहित दुईजना पक्राउ, एकजना भागे

हाम्रो कोशी आवाज
असोज १७ २०७८, आइतबार
सुनसरीबाट पटकासहित दुईजना पक्राउ, एकजना भागे

सुनसरीः सुनसरीमा पटकासहित दुईजना पक्राउ परेका छन् ।
दुहवी–१ परासटोकी एरियामा इप्रका दुहवीको टोलीले चेकजाँच गर्ने क्रममा सुनसरी गढी गाउँपालिका–३ छिटाहा बस्ने वर्ष ५५ को इन्द्रनारायण साहबाट किङ कोब्रा लेखिएको १४ बन्डल पटका गत १४ गते साँझ बरामद गरिएको प्रहरीले जनाएको छ । साहले सेतो प्लाष्टिकको बोरामा प्याकिङ गरी काधँमा बोकी आइरहेको बेला उनी समातिएका थिए ।
यस्तै, इटहरी–६ बस्ने वर्ष २७ को राजु साह पनि पटकासहित पक्राउ परेका छन् ।
भारतबाट अवैधरुपमा विष्फोटक जन्य पदार्थ (पटका) हरु ओसारपसार गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार इटहरी–४ आर्मी क्याम्पनजिक सडक किनारामा को.३५ प. ८७६८ नं. को मोटरसाइकलमा पछाडि २ वटा सेतो प्लाष्टिकको बोरा लोड गरेको र मोटरसाइकल नजिकै छेउमा पहेलो प्लाष्टिकको बोरामा ४ बोरा र हरियो प्लाष्टिकको २ बोरामा प्याक गरी राखेको अवस्थामा मोटरसाइकलसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । बिष्फोटक पदार्थ (पटका) ८ वटा प्लास्टिकको बोरामा जम्मा ७६ (छैहत्तर) बण्डल (प्रति बण्डलमा ५० प्याकेटका दरले जम्मा ३ हजार ८ सय प्याकेट) रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ मा दिन १० को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
त्यस्तै, सुनसरी भोक्राहा नरसिंह–५ टपरास्थित भित्री सडक खण्डमा शनिबार तत्काल नाम थर वतन नखुलेको एक ब्यक्तिले साइकलमा ल्याउँदै गरेको नागिन पटका–३३ बण्डल बरामद गरिएको छ । प्रहरीलाई देखेपछि ती व्यक्ति साइकल छाडी भागेका थिए ।

प्रकाशित मिति: असोज १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend