Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिबन्धित औषधिसहित तीनजना र लाखौं भारतीय नोटसहित एकजना समातिए

हाम्रो कोशी आवाज
असोज १८ २०७८, सोमबार
प्रतिबन्धित औषधिसहित तीनजना र लाखौं भारतीय नोटसहित एकजना समातिए

धरानः मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडास्थितबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीनजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ वर्षीय कृष्ण उराउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ वर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिवकुमार कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि ट्रमाडोल ४१७ क्याप्सुल र र स्पास्पेन–४१७ क्याप्सुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाम सूर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतीय नोटसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् ।
प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे१च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय ११ लाख रुपैयाँ फेला परेपश्चात पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend