Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

३३ किलो सुनकाण्डः ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

हाम्रो कोशी आवाज
असोज १९ २०७८, मंगलबार
३३ किलो सुनकाण्डः ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

धरानः ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले उनीसहित ६ जनालाई जन्मकैदको फैसला गरेको हो ।
साढे ३३ किलो सुन तस्करी र सनम हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिए । फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए । गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो ।
साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनमको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको थियो ।
यस्तै, नेपाल प्रहरीका उच्च अधिकारीसहित मुद्दामा ७७ जना प्रतिवादी छन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परे पनि २२ जना अझै फरार छन् । प्रहरीले सुन तस्करी एवं हत्याका मुख्य अभियुक्त गोरे रहेका बताएको छ । उनकै योजना र धनाढ्य व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा युएईको दुबईदेखि करिब ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याइएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेका अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । तस्करीको सुन भने अझै फेला परेको छैन सुन भारत पुरयाइएकाले फेला नपरेको बताइएको छ ।
दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले मोरङ उर्लाबारीका सनमको हत्या गरेको हो । २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै हत्या गरिएका उनको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको थियो । सनम हत्याको अनुसन्धान गर्ने क्रममा गोरेको समूहले ठूलो परिणाममा सुन तस्करी गरिरहेको पत्ता लागेको हो । सनम सुन तस्करका भरिएका थिए । तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती ‘गोरे’लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्। यही घटनामा प्रहरीदेखि व्यापारीसम्म मुछिएका छन्। यसरी मुछिएका प्रहरी देखी ४८ जनाले सफाइ पाएका छन्।

प्रकाशित मिति: असोज १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend