Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भुतिया दहमा खसेर बेपत्ता २२ वर्षीय युवक पाँचघण्टापछि मृत भेटिए

हाम्रो कोशी आवाज
असोज २० २०७८, बुधबार
भुतिया दहमा खसेर बेपत्ता २२ वर्षीय युवक पाँचघण्टापछि मृत भेटिए

उदयपुरः नुहाउँदै गर्दा चिप्लिएर एक युवकको मृत्यु भएको छ । बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीयस्थल भूतिया दहमा डुबेर २२ वर्षीय शिखर सिलवालको मृत्यु भएको हो ।
उनको घर मोरङको सुन्दरहरैंचा–४ बलिया हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले ती युवा पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए । उदयपुरस्थित आफन्तकोमा पुगेका उनी गर्मी बढेसँगै नुहाउन भन्दै दह पुगेका थिए । झरनामा नुहाउने क्रममा खुट्टा चिप्लिएर दहमा खसेका उनलाई प्रहरीले ५ घण्टापछि निकालिएको थियो ।
बुधबार मध्याह्न १२ बजे दहभित्र खसेपछि बाहिर नदेखिएका उनलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलीले स्थानीयको सहयोगमा साँझ ५ बजे फेला पारेको डीएसपी गौतमको भनाई छ ।

प्रकाशित मिति: असोज २० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend