सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १६ लायन्स चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका २ का २० वर्षीय बिबिसन विक रहेका छन् ।
बुधबार राति राति सवा ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भट्टराई र बिकको उपचारको लागि विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।