Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा युवकको मृत्यु

हाम्रो कोशी आवाज
असोज २३ २०७८, शनिबार
दुर्घटनामा युवकको मृत्यु

बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेऊस्थित भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० वर्षीय निरज तामाङ रहेका छन् । शुक्रबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जाँदै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend